Kathmandu Press

ठडिदै २० तले धरहरा (सात तस्बिर)

भूकम्पले भत्किएको ६ वर्षपछि धरहराले गति लिएकाे छ भने अहिलेसम्म ५० प्रतिशत निर्माण सम्पन्न भएको पुनःनिर्माण प्राधिकरणले जनाएकाे छ।
ठडिदै २० तले धरहरा (सात तस्बिर)

काठमाडौं, पुस ९ : भूकम्पले भत्किएको धराहरा निर्माणले गति लिएको छ। अहिलेसम्म ५० प्रतिशत निर्माण सम्पन्न भएको छ।

राष्ट्रयि पुनःनिर्माण प्राधिकरणका सिनियर डिभिजन इन्जिनियर ध्रुवप्रसाद पौडेलले धरहरा निर्माणको ५० प्रतिशत काम सकिएको बताए। आगामी असारसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको पौडेलले बताए।

पुनःनिर्माण भइरहेको धरहरा २० तलाको हुनेछ। यसको टुप्पोमा गजुर राखिनेछ। यसको उचाइ ७९.२ मिटर हुने प्राधिकरणले जनाएको छ।

 

प्रकाशित मिति: १४:२८ बजे, बिहीबार, पुस ९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्