Kathmandu Press

जनकपुरधामस्थित मिथिला डिपार्टमेन्ट स्टोरमा आगलागी 

काठमाडौं, पुस ९ : जनकपुरधामस्थित मिथिला डिपार्टमेन्ट स्टोरमा आगलागी भएको छ। बिहीबार बिहान साढे १० बजेदेखि लागेको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन। जनकपुर विमानस्थलको...
जनकपुरधामस्थित मिथिला डिपार्टमेन्ट स्टोरमा आगलागी 

काठमाडौं, पुस ९ : जनकपुरधामस्थित मिथिला डिपार्टमेन्ट स्टोरमा आगलागी भएको छ। बिहीबार बिहान साढे १० बजेदेखि लागेको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन। 

जनकपुर विमानस्थलको वारुण यन्त्रसहित चार वटा वारुण यन्त्रको सहायताले आगो निभनउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। 

डिपार्टमेन्ट स्टोरको पहिलो तल्लाबाट सुरु भएको फैलिएर दोस्रो तल्लामा भएको पसलका सम्पूर्ण सामान जलिसकेको छ। 

भुइतलामा रहेका सामन सुरक्षित स्थानमा सारिएको छ। 

प्रकाशित मिति: १३:१० बजे, बिहीबार, पुस ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्