Kathmandu Press

कोरोना संक्रमणबाट अछामका एक बृद्धाको मृत्यु

अछाम, पुस ९ : कोरोना भाइरसको संक्रमणबाट अछाममा एक जना बृद्धको मृत्यु भएको छ।अछामको साँफेबगर नगरपालिका ४, मष्टामाण्डौंका ७४ वर्षीय बृद्धको गएराति मृत्यु...
कोरोना संक्रमणबाट अछामका एक बृद्धाको मृत्यु

अछाम, पुस ९ : कोरोना भाइरसको संक्रमणबाट अछाममा एक जना बृद्धको मृत्यु भएको छ।

अछामको साँफेबगर नगरपालिका ४, मष्टामाण्डौंका ७४ वर्षीय बृद्धको गएराति मृत्यु भएको हो। जिल्ला अस्पतालमा उपचारका क्रममा राति साढे ११ बजे मृत्यु भएको जनाएको छ।

उनलाई पुस ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो। त्यहि दिनदेखि उनी अछाम अस्पतालमा उपचाररत थिए।

योसँगै अछाममा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ।

 

प्रकाशित मिति: १३:०० बजे, बिहीबार, पुस ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्