Kathmandu Press

संस्कृतिविद् सत्यमोहन जोशीको रथारोहण

ललितपुर, वैशाख ३० : संस्कृतिविद् सत्यमोहन जोशीको एक सय जन्मदिनको अवसरमा रथारोहण सुरू भएको छ।

ललितपुर महानगरपालिकाले उनको जन्मदिन विशेष कार्य....

संस्कृतिविद् सत्यमोहन जोशीको रथारोहण
रिवाज राई

ललितपुर, वैशाख ३० : संस्कृतिविद् सत्यमोहन जोशीको एक सय जन्मदिनको अवसरमा रथारोहण सुरू भएको छ।

ललितपुर महानगरपालिकाले उनको जन्मदिन विशेष कार्यक्रमसहित मनाउन रथारोहण गरेको हो। उनलाई बग्गीमा राखेर महानगर परिक्रममा गराउँन थालिएको छ।

संस्कृितविद् जोशीको रथारोहण मंगलबजारबाट सुरू भएको हो। मंगलबजारबाट सुरू भएको रथारोहण ईटी, कुमारीपाटी, जाउलाखेल हुँदै पुल्चोक पुर्‍याइने महानगरले जनाएको छ।

रथारोहणमा स्थानीय बासिन्दासँगै सुरक्षाकर्मी, कर्मचारी, राजनीतिक दलका नेता तथा कार्यकर्ता पनि सहभागी रहेका छन्।

ललितपुर महानगरले संस्कृतिविद् जोशीको जन्मदिन विशेष कार्यक्रम आयोजना गरेर मनाउँन लागेको हो। सो अवसरमा महानगरले विदा दिएको छ।

संस्कृतिविद् जोशी आज ९९ वर्ष पूरा गरेर एक सय वर्षमा प्रवेश गरेका छन्।

 

प्रकाशित मिति: १३:१३ बजे, सोमबार, वैशाख ३०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्