त्रिविमा ‘आफ्ना मान्छे’ राख्न ४० वर्षदेखिको जर्नल अयोग्य
काठमाडौं, वैशाख २९ : त्रिभुवन विश्वविद्यालयले बर्षोदेखि काम गर्दै आएका उप र सहप्राध्यापकलाई पन्छाउने गरी नियमावली संशोधन गरेको छ।
विश्....

काठमाडौं, वैशाख २९ : त्रिभुवन विश्वविद्यालयले बर्षोदेखि काम गर्दै आएका उप र सहप्राध्यापकलाई पन्छाउने गरी नियमावली संशोधन गरेको छ।
विश्वविद्यालयको शिक्षक नियुक्ति सम्वन्धी मुल्यांकन २०७५ मा त्रिविका विभिन्न विभागहरुले प्रकाशन गर्दै आएका जर्नलमा छापिएका कृतिहरुलाई पन्छाउने गरी ‘पियर रिभ्यु’को नयाँ प्रावधान थपेको छ । उक्त प्रावधानले लामो समयदेखि काम गर्दै आएका त्रिविका उप र सहप्राध्यापकहरु मारमा पर्ने भन्दै वरिष्ठ प्राध्यापकहरुलेनै विरोध जनाएका छन्।
राजनीतिकशास्त्रका प्राध्यापक कपिल श्रेष्ठले अव्यवहारिक, अप्रासंगिक र हचुवाका आधारमा नियमावली संशोधन गरेर त्रिविका राम्रा शिक्षकहरु पन्छाउन खोजेको भन्दै लिखित असहमति राखेका छन् । ‘पियर रिभ्युमा कृति छापिनु पर्ने भन्ने प्रावधानले राम्रा शिक्षकहरु पन्छिने भएका छन्’ श्रेष्ठले काठमाडौं प्रेससँग भने, ‘पियर रिभ्यु नलेखिएका तर एउटा विधि पुराएर प्रकाशित भएका सिनास (नेपाल र एसिया अध्ययन केन्द्र) लगायतका कृतिलाई मान्यता नदिनु अर्को हचुवा निर्णय हो।’
त्रिविले नेपाल र एसिया अध्ययन केन्द्रले विगत ४० बर्षदेखि प्रकाशन गर्दै आएको ‘कन्ट्रिव्युसन टु नेपाली सोसाइटी’ नामक जर्नललाई मान्यता नदिने भएको छ । गत भदौ ३० गते मागिएको सहप्राध्यापक र प्राध्यापकको खुल्ला विज्ञापनका आवेदकहरुलाई नयाँ नियम अनुसार ‘पियर रिभ्यु’ जर्नलमा लेख प्रकाशित नभएकालाई अयोग्य बनाएको छ । जसका कारण राजनितीशास्त्रको सहप्राध्यापक पदमा त तिन जना आवेदक मध्ये सवैलाई अयोग्य वनाइएको छ। जुन निर्णयले त्रिविमा अध्ययापन गरिरहेका राम्रा व्यक्तिहरु छनोटको मापदण्डमै नपरेको प्राध्यापक श्रेष्ठको धारणा छ । ‘हालै थपिएको नयाँ प्रावधानले राम्रो व्यक्ति त्रिविबाट बाहिरिनु पर्ने अवस्था आएको छ’ उनले भने।
राजनीतीशास्त्रका प्राध्यापक र सहप्राध्यापकको लागि खुल्ला पदका उम्मेदवारहरुको कृती मुल्याकंनका लागि विज्ञमा नियुक्त प्राध्यापक कपील श्रेष्ठको टोलीले यस विषयमा गम्भिर आपत्ती गर्दै सेवा आयोगका अध्यक्ष प्राध्यापक चैतन्य शर्मा र सदस्य प्राध्यापक चीन्तामणी पोख्रेलका नाममा गुनासोपत्र दर्ता गराएको छ । अन्यत्र कतै नभएको अभ्यासका नाममा योग्य उम्मेदवारहरुलाई पाखा लगाउन पियर रिभ्यु नामको हतियार प्रस्तुत भएको र यसले त्रिविको गुणस्तर अरु तल गिराउनेमात्र नभई योग्य उम्मेदवारका सन्दर्भमा न्यायिक पनि नहुने उक्त पत्रको आसय छ ।
श्रेष्ठले त्रिविको नयाँ नियमप्रति असहमति जनाउदै तत्काल उक्त प्रावधान हटाउन सेवा आयोगका पदाधिकारीलाई लिखित पत्रनै बुझाएका छन् । ‘मैले विस्तृत रुपमै सेवा आयोगका पदाधिकारीलाई सच्चाउन आग्रह गर्दै पत्र पेश गरेको छु’ उनले भने।
त्रिवि स्रोत भने बौद्धिक क्षेत्रमा पनि आफ्ना मान्छेलाई अवसर दिलाउन नियोजित रुपमा नयाँ नियम लागु गरेको बताउँछ । ‘विविले निकाल्ने सबै जर्नल पियर रिभ्युनै भएर प्रकाशित हुन्छन्’ अर्का एक प्राध्यापकले भने, ‘कभर पेजमा पियर रिभ्यु लेख्नेलाई मात्रै मान्यता दिने त्रिवि नेतृत्वको निकै हचुवा निर्णय हो।’
भर्खरै समाजशास्त्र विषयको उपप्राध्यापक पदमा भएको लिखीत परिक्षामा अधिकांश नेताका श्रीमतीहरुको मात्र नाम सफल हुनेको लिष्टमा देखेपछि एक समुह कतै नेताहरुले त्रिवीलाई श्रीमतीलाई जागिर दिने थलोको रुपमा त लैजान लागेनन भन्ने आशंका सहित अदालत पुगेको छ ।











