चट्याङले आठ घाइते, एकको अवस्था गम्भीर
खोटाङ, वैशाख ३० : चट्याङले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका एकै परिवारका चारसहित आठ जना घाइते भएका छन्। घाइतेहरूमध्ये एकको ....

खोटाङ, वैशाख ३० : चट्याङले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका एकै परिवारका चारसहित आठ जना घाइते भएका छन्। घाइतेहरूमध्ये एकको अवस्था गम्भीर रहेको छ।
आइतबार साँझ हावाहुरी र असिना पानीसँगै परेको चट्याङले लफ्याङका रेनुका विष्ट, उनका छोराछोरी जानुका विष्ट, अनुशा विष्ट र अभिशेष विष्ट घाइते भएका छन्।
त्यस्तै, सोही गाउँकै लक्ष्मी कटवाल, खेमकुमारी कटवाल, पदमकुमारी कटवाल र मीना कटवाल घाइते भएको स्थानीय बासिन्दाले बताएका छन्। उनीहरूमध्ये खेमकुमारीको अवस्था गम्भीर रहेको स्थानीय बासिन्दाले बताएका छन्।
घाइते सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। उनीहरूलाई स्थानीय बासिन्दा र प्रहरीले उद्धार गरेर अस्पताल पुर्याएका हुन्।











