Kathmandu Press

असारे विकासका लागि ८६ अर्ब आन्तरिक ऋण उठाइँदै

काठमाडौं, वैशाख २९ : सरकारले एकैपटक ८६ अर्ब आन्तरिक ऋण उठाउने भएको छ।

नेपाल राष्ट्र बैंकले १५ दिनमा आन्तरिक ऋण कार्यतालिकासमेत सार्वजनिक गरे....

असारे विकासका लागि ८६ अर्ब आन्तरिक ऋण उठाइँदै
फाइल फोटो

काठमाडौं, वैशाख २९ : सरकारले एकैपटक ८६ अर्ब आन्तरिक ऋण उठाउने भएको छ।

नेपाल राष्ट्र बैंकले १५ दिनमा आन्तरिक ऋण कार्यतालिकासमेत सार्वजनिक गरेको छ। कार्यतालिकाअनुसार वैशाख ३० देखि जेठ १४ गतेसम्म आन्तरिक ऋण उठाउने भएको छ।

लक्ष्यअनुसार विकास खर्च नभएपछि सरकारले आर्थिक वर्षको अन्त्यमा आन्तरिक ऋण उठाउन लागेको हो। विगतमा पहिले नै आन्तरिक ऋण उठाउने गरिएको थियो।

पूँजीगत खर्च तर्फको अवस्थामा पनि निराशाजनक रहेको छ। १० महिना सकिनै लाग्दा पूँजीगततर्फ एक खर्ब १९ अर्ब ४६ करोड रुपैयाँ मात्रै खर्च भएको छ। चालु आर्थिक वर्षको बजेटमा तीन खर्ब १३ अर्ब ९९ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य राखिएको थियो । अहिलेसम्म खर्च लक्ष्यको ३८ प्रतिशत मात्रै खचै भएको छ। लक्ष्य पुर्‍याउन दैनिक तीन अर्ब खर्च गर्नुपर्ने छ।

एकैपटक आर्थिक वर्षको अन्त्यमा आन्तरिक ऋण उठाउदा तरलता व्यवस्थापनलाई भने असर पर्ने देखिएको छ। सरकारले अल्पकालीन तथा एकवर्षे ट्रेजरी बिल्ससहित विकास ऋणपत्र जारी गरेर आन्तरिक ऋण उठाउन लागेको हो। सरकारले विकास ऋणपत्र पाँचदेखि १५ वर्षसम्मको जारी गर्ने छ ।

बैंकहरुले तरलता व्यवस्थापनको लागि राखेको रकमबाट सरकारले आन्तरिक ऋण उठाउने छ। यसले अल्पकालीन रुपमा तरलता व्यवस्थापनको लागि बैंकहरुलाई थप समस्यामा पार्छ। जसले गर्दा अन्तर बैंक ब्याजदर अझै माथि जाने देखिन्छ।

सरकारले उठाउने आन्तरिक ऋणले बैंकहरुले सर्वसाधारणलाई दिने ऋण रकममा भने असर गर्दैन। राष्ट्र बैंकले गरेको व्यवस्थाअनुसार बैंकहरुले निक्षेपको २० प्रतिशत तरलता व्यवस्तथापनको लागि राख्नुपर्छ। सोही रकमबाट बैंकहरुले सरकारले जारी गर्ने ऋणपत्र किन्ने हो। सरकारले विकास खर्च अन्तिममा गर्ने भएपछि आन्तरिक ऋण उठाउन लागेको हो।

 

 

प्रकाशित मिति: १३:३५ बजे, आइतबार, वैशाख २९, २०७६