आईपीएलको उपाधिका लागि मुम्बई र चेन्नेई भिड्दै
काठमाडौं, वैशाख २९ : इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधिका लागि आज मुम्बई इन्डियन्स र चेन्नेई सुपरकिंग्स भिड्दै छन्।
आज फाइनल खेल राति ८ ब....

काठमाडौं, वैशाख २९ : इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधिका लागि आज मुम्बई इन्डियन्स र चेन्नेई सुपरकिंग्स भिड्दै छन्।
आज फाइनल खेल राति ८ बजे हैदरावादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा हुने छ।
लिग चरणमा शीर्षस्थानमा रहेको मुम्बई पहिलो क्वालिफायरमा चेन्नेईलाई हराउदै फाइनलमा प्रवेश गरेको हो। चेन्नेईले भने फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर पनि खेल्नु प¥यो। उसले दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई पराजित गरेको थियो।
आईपीएलको यो संस्करणमा लिग चरणका दुवै खेलमा मुम्बईले चेन्नेईलाई हराएको थियो। त्यस्तै, पहिलो क्वालिफायरमा पनि मुम्बईले नै जित हासिल गरेको हो।
अहिलेसम्म मुम्बइ र चेन्नेईले तीन/तीन पटक आईपीएल उपाधि जितेका छन्। यो पटक जसले जित्यो उही सर्वाधिक उपाधि जित्ने टिम बन्ने छ।
यस अघि कलकत्ताले दुई पटक, सनराईज हैदरावाद, राजिस्तान रोयल र डेकन चार्जरले एक/एक पटक उपाधि जितेका छन्।
आजको खेलमा मुम्बईको नेतृत्व रोहित शर्माले र चेन्नेईको नेतृत्व महेन्द्रसिंह धोनीले नै गर्ने छन्।
आजको सम्भावित टीमः
मुम्बईः क्विन्टन डिकक (विकेट किपर), रोहित शर्मा (क्याप्टन), सूर्यकुमार यादव, इसान किसन, हार्दिक पाण्ड्या, क्रुनाल पाण्ड्या, किरोन पोलार्ड, बेन कटिङ, राहुल चहर, लसिथ मलिंगा र सस्प्रित बुम्राह।
चेन्नेईः सेन वाटसन, फाफ डुप्लेसी, मरली विजय, सुरेश रैना, अम्वती रायडु, महेन्द्रसिंह धोनी (क्याप्टन/विकेट किपर), ड्वेन ब्राभो, रविन्द्र जेडेजा, दीपक चहर, हरभजन सिंह र इम्रान तहिर।











