नेपाल र भियतनामबीच द्विपक्षीय सम्झौता
काठमाडौं, वैशाख २९ : नेपाल र भियतनाम द्विपक्षीय सम्बन्ध र व्यापार अभिवृद्धिसम्बन्धी सम्झौता भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भियतनामको....
काठमाडौं, वैशाख २९ : नेपाल र भियतनाम द्विपक्षीय सम्बन्ध र व्यापार अभिवृद्धिसम्बन्धी सम्झौता भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भियतनामको औपचारिक भ्रमणमा दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा सम्झौता भएको हो। प्रेसिडेन्सिल हाउसमा भएको द्विपक्षीय सम्झौतामा कूटनीतिक तथा सरकारी राहदानी वाहकलाई प्रवेशाज्ञा छुटसम्बन्धी सहमति र दुई सरकारबीच द्विपक्षीय परामर्श संयन्त्र निर्माण गर्ने विषयमा हस्ताक्षर गरिएको छ।
सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र सचिव शङ्करदास वैरागी र भियतनामका तर्फबाट त्यहाँका विदेश मामिला मन्त्रालयका प्रतिनिधि न्गुएन कोक दुङले हस्ताक्षर गरेका छन्।
त्यसैगरी व्यापार तथा लगानी ढाँचासम्बन्धी सम्झौताको आशयपत्रमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारी र भियतनामका तर्फबाट त्यहाँको उद्योग मन्त्रालयका उपमन्त्री दाङ आओङ एनले हस्ताक्षर गरे।
यसैबीच प्रधानमन्त्री ओलीको सम्मानमा भियतनामका प्रधानमन्त्री न्गुऐन जुवान फुकले रात्रिभोजको आयोजना गरे। रात्रिभोजमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा.राजन भट्टराई, सांसद र उच्चपदस्थ सरकारी कर्मचारीको पनि सहभागि रहेका थिए।






