काठमाडौं, वैशाख २८ : प्रहरीले काठमाडौंको दरबारमार्गबाट १२ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको ...." />काठमाडौं, वैशाख २८ : प्रहरीले काठमाडौंको दरबारमार्गबाट १२ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको ...." />काठमाडौं, वैशाख २८ : प्रहरीले काठमाडौंको दरबारमार्गबाट १२ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको ....">
Kathmandu Press

दरबारमार्गबाट १२ भारतीय नागरिक पक्राउ

काठमाडौं, वैशाख २८ : प्रहरीले काठमाडौंको दरबारमार्गबाट १२ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको ....

दरबारमार्गबाट १२ भारतीय नागरिक पक्राउ

काठमाडौं, वैशाख २८ : प्रहरीले काठमाडौंको दरबारमार्गबाट १२ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। 

अवैध नेटवर्किङ व्यवसायमा संलग्न भएको आशंकामा शनिबार दरबारमार्गस्थित होटल याक एण्ड यति होटलबाट १२ भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

नेटवर्किक व्यवसायका विषयमा छलफल चलाइरहेका उनीहरुलाई नेपाल राष्ट्र बैंक, राजश्व अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको संयुक्त टोलीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए। उनले नेटवर्किङ व्यवसायमा नेपाली ठगिने सम्भावना देखिएकाले भारतीय नागरिकलाई नियन्त्रणमा लिइएको र उनीहरुमाथि थप अनुसन्धान भइरहेको बताए।

नेटवर्किङ व्यवसाय विस्तार गर्न लागेको भन्ने सूचनाका आधारमा प्रहरीले गएराति होटलमा छापा मारेको थियो। पक्राउ परेका भारतीय नागरिकहरुमाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: १५:२३ बजे, शनिबार, वैशाख २८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्