सप्तरीमा तीन सय २१ जनाले लिए वंशजको नागरिकता
सप्तरी, वैशाख २८ : सप्तरीमा वैशाख महिनामा ३२१ ले वंशजका आधारमा नागरिकता पाएका छन्। जिल्ला प्रशासन कार्यालय सप्तरीबाट नागरिकता प्राप्त गर्नेमा २२९ पुरू....

सप्तरी, वैशाख २८ : सप्तरीमा वैशाख महिनामा ३२१ ले वंशजका आधारमा नागरिकता पाएका छन्। जिल्ला प्रशासन कार्यालय सप्तरीबाट नागरिकता प्राप्त गर्नेमा २२९ पुरूष र ९२ महिला रहेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
नागरिकता लिनेमा जिल्ला प्रशासन कार्यालयबाट २२०, इलाका प्रशासन कार्यालय कञ्चनपुरबाट ९८ र इलाका प्रशासन कार्यालय बोदेबरसाइनबाट तीन ले नागरिकता लिएको निमित्त प्रमुख जिल्ला अधिकारी आनन्द ठाकुरले जानकारी दिए। सर्वाेच्चको आदेशपछि गत चैत २६ देखि वैशाख ३ सम्म नागरिकता वितरणकार्य रोकिएको थियो भने पुनः वैशाख २४ देखि गृह मन्त्रालयले अल्पकालीन जन्मका आधारमा दिइदै गरेको वंशज नागरिकता दिनमा रोक लगाएको छ।
वैशाख ३ मा सर्वाेच्चकै आदेशबाट नागरिकता वितरण खुल्ला भएपछि वैशाख ४ गतेदेखि नागरिकता वितरण कार्य शुरू भएको २० दिन पछि पुनः सो कार्य रोकिएको छ। दैनिक सरदर १६ देखि २० जनाले नागरिकता लिएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कले देखाएको छ। रुासस











