Kathmandu Press

ओली सरकारबाट जनता निराश छन्: पौडेल

उदयपुर, वैशाख २८ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले जनताका हितमा काम गर्न....

ओली सरकारबाट जनता निराश छन्: पौडेल

उदयपुर, वैशाख २८ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले जनताका हितमा काम गर्न नसकेको आरोप लगाएका छन्। 

कांग्रेस उदयपुर जिल्ला समितिले शनिबार आयोजना गरेको कार्यक्रमलाई  सम्बोधन गर्दै पौडेलले सरकार जनताका आवश्यकता बुझ्नु भन्दा पनि नारामै रमाइरहेको आरोप लगाएका हुन्। 

उनले दुई तिहाई बहुमतको स्थिर सरकार बनेको जनताले कुनै महसुस नै नगरेको बताए। ‘हत्या हिंसाका घटना बढेका छन्। महँगी र भ्रष्टाचार उत्तिकै बढेको छ,’ पौडेलले भने,‘जनता पुरै निराश भएका छन्।’

उनले जनताले कांग्रेसलाई नै विश्वास गर्ने पनि बताए। पौडेलले भने,‘ जनाताले कांग्रेसलाई नै विश्वास गरेका छन्।  जनाताको त्यो विश्वास हामी टुट्न दिनु हुँदैन। यसका लागि कांग्रेस सुध्रिनु पर्छ।’ 

उनले सुधारिएको कांग्रेस निर्माण गरेर अघि बढ्नु पर्ने आवश्यकता रहेको पनि बताए।

प्रकाशित मिति: १३:१७ बजे, शनिबार, वैशाख २८, २०७६