Kathmandu Press

नेपालमा कोरोना संक्रमितको संख्या अढाइ लाख नाघ्यो

काठमाडौं, पुस १ : नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या अढाइ लाख नाघेको छ।बुधबार थप ७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै नेपालमा...
नेपालमा कोरोना संक्रमितको संख्या अढाइ लाख नाघ्यो
सांकेतिक तस्वीर।

काठमाडौं, पुस १ : नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या अढाइ लाख नाघेको छ।

बुधबार थप ७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोनाबाबाट संक्रमित हुनेको संख्या दुई लाख ५० हजार ९१६ पुगेको हो। 

पछिल्लो २४ घण्टामा पाँच हजार ५५५ जनाको पीसीआर परीक्षण गरिएको थियो। हालसम्म १८ लाख ४९ हजार १३६ जनाको पिसिआर परीक्षण गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख ३९ हजार ४१६ कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन्।

पछिल्लो २४ घण्टामा देशभर ८४७ संक्रमित निको भएर घर फर्किएका छन्। हाल देशभर नौ हजार ७५७ सक्रिय संक्रमित रहेका छन्।    

प्रकाशित मिति: ०१:०५ बजे, बिहीबार, पुस २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्