Kathmandu Press

काठमाडौंका डिलरले गरे धनकुटामा किवी वाइनको फ्याक्ट्री भिजिट

काठमाडौंका डिलरले गरे धनकुटामा किवी वाइनको फ्याक्ट्री भिजिट

धनकुटा, मंसिर २७ : नेपालमै पहिलो किवी वाइन उत्पादक माउण्ट एभरेष्ट वाइनरी उद्योगले बागमती अञ्चलका आफ्ना डिलरहरुलाई फ्याक्ट्री भिजिट गराएको छ।

काठमाडौंमा किवीको वाइन अत्याधिक मन पराएपछि अहिले वाइन उद्योगले धनकुटाको राजारानीमा रहेको आफ्नो फ्याक्ट्रीमा डिलरका सञ्चालकहरुलाई बोलाएको हो। वाइन उद्योगका प्रबन्धनिर्देशक विष्णु बास्तोलाले भने आफुले बेच्ने ब्राण्डको वाइन फ्याक्ट्री हेराउनलाई काठमाडौंबाट झिकाएका हौं। 

नेपाली बजारमा पाइने अन्य वाइनभन्दा प्रिन्सेस वाइन फरक स्वादमा बजारमा आएको बास्तोला बताउँछन्। ‘प्रिन्सेस वाइनले वाइन पारखी उपभोक्ताको मन जित्न सफल हुनेमा हामी विश्वस्त छौं,’ उनले भने। उद्योगले रेड र ह्वाइट वाइन उत्पादन गरिरहेको छ।

उत्पादित वाइन  ‘प्रिन्सेस’ ब्राण्डबाट बजारमा लोकप्रिय भए सँगै उद्योग उत्साहित भएको उद्योगका अध्यक्ष हरेराम साह बताउँछन्। हामीले अहिले प्रदेश १ का अन्य सहरमा वाइन दिन सकेका छैनौं। केही दिन भित्र प्रदेश १ का सहरहरुमा वाइन लौजाँदै छौ उनले भने। राजधानी काठमाडौंसहित मुख्य बजारमा वाइनको बिक्री सुरु भएको उद्योगले जनाएको छ।

किवी लगायतका फलफूलका लागि उद्योगले किसानहरुसँग सहकार्य गरिरहेको छ। उद्योग आफै पनि किवी खेतीमा लगानी गर्ने तयारीमा रहेको छ। उद्योगबाट उत्कृष्ट क्वालिटीको वाइन उत्पादन गर्न सफल भएकाले बजारमा माग अत्याधिक बढ्दै गएको उनीहरुको दावी छ।

प्रकाशित मिति: ००:३१ बजे, आइतबार, मंसिर २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्