Kathmandu Press

कांग्रेसले बोलाएको संसदीय दलको बैठक 

कांग्रेसले बोलाएको संसदीय दलको बैठक 

काठमाडौं, पुस १ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। 

सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बुधबार बसेको पदाधिकारीको बैठकले शुक्रबार दिउँसो ११ बजे बस्ने गरी संसदीय दलको बैठक बोलाउने निर्णय गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

बैठकमा संवैधानिक परिषद् सम्बन्धी जारी अध्यादेश तथा अन्य समसामयिक राजनीतिक बिषयमा छलफल हुने पौडेलले जानकारी दिए।

यस्तै, बैठकले उखु किसानको माग पूरा गर्न सरकारसँग माग गर्ने निर्णय पनि गरेको छ। ‘उखु किसानको माग सुनुवाइ गरेर उखुको बक्यौता अविलम्ब किसानलाई चुक्ता गर्न गराउन आवश्यक पहल र समन्वयका लागि बैठकले सरकार समक्ष जोडदार माग गरेको छ,’ मुख्यसचिव पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति: २३:५२ बजे, बुधबार, पुस १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्