Kathmandu Press

प्रहरी कार्यालयभित्रै आत्महत्याको प्रयास गरेका घिसिङको मृत्यु

चितवन, वैशाख २८ : चितवनमा प्रहरीको थुनुवा कक्षसँगैको शाैचालयभित्र आत्महत्याको प्रयास गरेका समीर घिसिङको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय रत्न....

प्रहरी कार्यालयभित्रै आत्महत्याको प्रयास गरेका घिसिङको मृत्यु
सांकेतिक

चितवन, वैशाख २८ : चितवनमा प्रहरीको थुनुवा कक्षसँगैको शाैचालयभित्र आत्महत्याको प्रयास गरेका समीर घिसिङको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय रत्ननगरको थुनुवाकक्षमा  आत्महत्याको प्रयास गरेका कालिका नगरपालिका–१ सूर्यपुरका २४ वर्षीय घिसिङको उपचारका क्रममा मृत्यु भएको हो। 

घिसिङको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा गएराति ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। चोरीको अभियोगमा वैशाख २५ गते पक्राउ परेका घिसिङले गत २६ गते दिउँसो थुनुवा कक्षमा रहेको शौचालयमा नै आत्महत्याको प्रयास गरेका थिए।

घिसिङले आत्महत्याको प्रयास गरेसँगै प्रहरीको कमजोरीका कारण घटना भएको भन्दै बिहीबार राति आफन्त र स्थानीयवासीले इलाका प्रहरी कार्यालय र प्रहरी चौकी पदमपुरमा तोडफोड गरेका थिए।

प्रकाशित मिति: १२:०६ बजे, शनिबार, वैशाख २८, २०७६