नेप्सेमा झिनो गिरावट : पाँच अर्बको कारोवार
काठमाडौं, पुस १ : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज झिनो अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ६.२०...
काठमाडौं, पुस १ : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज झिनो अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ६.२० बिन्दुले ओरालो लागेर २०५५.२२ मा पुगेको छ।
यस्तै, सेन्सेटिभ परिसूचक ०.।४३ बिन्दुले घटेर ३८६.९८ मा ओर्लेको छ। कूल १९९ कम्पनीको एक करोड पाँच लाख ५८ हजार ३९१ कित्ता शेयर पाँच अर्ब १४ करोड ४६ लाख ७५ हजार ५७८ रुपैयाँ मूल्यमा खरिद बिक्री भए। कारोवार भएका कूल १२ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर ओरालो लाग्दा सात उपसमूहको शेयर भने उकालो लागेको छ। बैंकिङ ०.९५, व्यापार २४.१६, होटल ७.२७, विकास बैंक ९.६, उत्पादन २०.७२, लघुवित्त ७६.५७ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले उकालो लागेको छ। यस्तै, जलविद्युत् २४.३६, वित्त २.१, निर्जीबन बीमा १३८.४२, अन्य २६.०२ र जीवन बीमा १६०.८५ बिन्दुले ओरालो लागेको छ।
कारोवारका आधारमा आज एनसिसी बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको ३९ करोड ४३ लाख ९५ हजार ३६२ रुपैयाँ बराबरको कारोवार भएको छ। नेपाल लाइफ इन्स्योरेन्स ३१ करोड ९१ लख ७६ हजार ९३० रुपैयाँ, नेपाल पुनरबीमा कम्पनी २४ करोड ३९ लाख ६९ हजार १४६ रुपैयाँ, नबिल बैंक १८ करोड ४८ लाख ५९ हजार ९७५ रुपैयाँ, शिखर इन्स्योरेन्स कम्पनी १४ करोड ७६ लाख ४४ हजार रुपैयाँ, हिमालयन डिस्टिलरी १३ करोड नौ लाख १७ हजार ७७१ रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट बैंक १२ करोड ९७ लाख ६५ हजार ३१७ रुपैयाँ, आरएमडिसी १२ करोड १३ लाख ८३ हजार रुपैयाँ र एनआइसी एशिया बैंक ११ करोड ३९ लाख ४५ हजार ८१५ रुपैयाँ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे।
कारोवारका आधारमा छ्याङदी हाइड्रोपावर १०, माहुली सामुदायिक लघुवित्त १०, समिट लघुवित्त ९.९९, नारायणी डेभलपमेन्ट बैंक ९.९८, आरएमडिसी ९.९५, माउण्टेन इनर्जी ९.८८, सूर्योदय लघुवित्त ९.८८, एनसिसी बैंक ८.३३ र साधना लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७.८७ प्रतिशतले कमाए।
यसैगरी एनएमबी ५० का लगानीकर्ताले ४.४८, शिखर इन्स्योरेन्सले ३.३३, गुडबिल फाइनान्सले ३.२६, रिडी हाइड्रोपावरले ३.२१, चिलिमे हाइड्रोपावरले २.९६, तारागाउँ रिजेन्सी होटलले २.७४, सानिमा माई हाइड्रोपावरले २.७३, नेपाल पुनरबीमा कम्पनीले २.६४ र सर्पोट माइक्रो फाइनान्सका लगानीकर्ताले २.४८ प्रतिशतले गुमाए।










-1754206481.jpg)
