Kathmandu Press

नेपालमा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु

काठमाडौं,  पुस १ : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १३ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु...
नेपालमा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु
फाइल तस्वीर।

काठमाडौं,  पुस १ : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १३ जनाको मृत्यु भएको छ। 

पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १७४३ पुगेको छ। 

यस्तै, बुधबार नेपालमा थप ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५० हजार ९१६ पुगेको छ भने अहिलेसम्म २ लाख ३९ हजार ४१६ जना संक्रमणमुक्त भएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार ८४७ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।


 

प्रकाशित मिति: २२:२९ बजे, बुधबार, पुस १, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्