थप ७३६ जनामा कोरोना संक्रमण, ८४७ जना डिस्चार्ज
काठमाडौं, पुस १ : नेपालमा थप ७३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।बुधबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७३६ जनामा कोरोना संक्रमण पुष्टि...
काठमाडौं, पुस १ : नेपालमा थप ७३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बुधबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५० हजार ९१६ पुगेको छ भने अहिलेसम्म २ लाख ३९ हजार ४१६ जना संक्रमणमुक्त भएका छन्।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १७४३ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार ८४७ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।
प्रकाशित मिति: २२:१० बजे, बुधबार, पुस १, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











