Kathmandu Press

क्षयरोगको कारण कारागारमा कैदीको मृत्यु

चितवन, पुस १ : कारागार कार्यालय चितवनमा रहेका एक कैदीको क्षयरोगका कारण मृत्यु भएको छ। आज बिहान मृत्यु हुनेमा पोखरा महानगरपालिका २१ का...
क्षयरोगको कारण कारागारमा कैदीको मृत्यु

चितवन, पुस १ : कारागार कार्यालय चितवनमा रहेका एक कैदीको क्षयरोगका कारण मृत्यु भएको छ। आज बिहान मृत्यु हुनेमा पोखरा महानगरपालिका २१ का ४२ वर्षीय जीतेन्द्र कार्की रहेका छन्।

कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार लामो समयदेखि श्वासप्रश्वासको समस्या भई उपचारका क्रममा क्षयरोगको सङ्क्रण पुष्टि भएका उनको  भरतपुर अस्पतालमा मृत्यु भएको हो। लागुऔषध मुद्दामा विसं २०७६ साउन १८ गते दुई वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना तोकिएका उनलाई नवलपुर जिल्ला अदालतबाट सजायका लागि यहाँ पठाइएको थियो। शुरुमा श्वासप्रश्वासमा समस्या देखिएको भए पनि सिटिस्क्यानबाट उनलाई क्षयरोग पुष्टि भएको थियो। उनको उपचारका क्रममा आज बिहान ८ः४७ बजे मृत्यु भएको हो।

प्रकाशित मिति: १९:३९ बजे, बुधबार, पुस १, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्