Kathmandu Press

सुनको मूल्यमा ८०० रूपैयाँले वृद्धि

काठमाडौं, पुस १ : स्थानीय बजारमा आज सुनको मूल्यमा प्रतितोला ८०० रुपैयाँले उकालो लागेको छ। पछिल्ला केही दिन झण्डैझण्डै स्थिर जस्तै रहेको सुनको...
सुनको मूल्यमा ८०० रूपैयाँले वृद्धि

काठमाडौं, पुस १ : स्थानीय बजारमा आज सुनको मूल्यमा प्रतितोला ८०० रुपैयाँले उकालो लागेको छ। पछिल्ला केही दिन झण्डैझण्डै स्थिर जस्तै रहेको सुनको मूल्यमा आज भने वृद्धि देखिएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको छ। मंगलबार छापावाला सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोवार भएको थियो। मंगलबारको तुलनामा प्रतितोला ८०० रुपैयाँले उकालो लागेको महासंघले जनाएको छ।

यस्तै तेजाबी सुन आज प्रतितोला ९२ हजार ६५० रुपैयाँमा कारोवार भएको छ। मंगलबार भने ९१ हजार  ८५० रुपैयाँमा कारोवार भएको थियो। यस्तै, चाँदीमा पनि प्रतितोला ३० रुपैयाँले वृद्धि भएको छ। मंगलबार एक हजार २०० रुपैयाँमा कारोबार भएको चाँदी आज भने एक हजार २३०रुपैयाँमा कारोबार भएको छ।

प्रकाशित मिति: १८:१७ बजे, बुधबार, पुस १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्