Kathmandu Press

प्रधानमन्त्रीले संसदको मर्यादा ख्याल गर्न नसक्नु लज्जास्पदः सिंह

काठमाडौं, वैशाख २८ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको मर्यादा समेत ख्याल गर्न न....

प्रधानमन्त्रीले संसदको मर्यादा ख्याल गर्न नसक्नु लज्जास्पदः सिंह

काठमाडौं, वैशाख २८ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको मर्यादा समेत ख्याल गर्न नसक्नु लज्जास्पद भएको बताएका छन्।

काठमाडौं क्षेत्र नम्बर १ मा शनिबार आयोजित चियापान तथा भेटघाट कार्यक्रममा पूर्वमहामन्त्रीसमेत रहेका सिंहले वर्तमान सरकारका गतिविधिले संसदीय व्यवस्थामै आँच पुर्‍याएको बताए। उनले सरकार काम केही नगरेर समृद्धिको नारामात्रै लगाएर बसेको आरोप पनि लगाए।

सिंहले दुई तिहाई बहुमतको सरकार संघीयतालाई असफल बनाउनतिर लम्किएको आरोप लगाए। उनले आफ्नो पार्टी नेपाली जनतालाई अधिकार दिलाउनका लागि जस्तो सुकै मूल्य चुकाउन तयार रहेको बताए। नेकपाका अध्यक्षको नेतृत्वमा दुई तिहाई बहुमतको सरकार बनेपनि जनताले कुनै राहत पाउन नसकेको उनको भनाइ छ।

उनले संविधानको भावना र मर्म विपरित अगाडि बढ्ने प्रयास कसैले गरे कांग्रेस चुप लागेर नबस्ने बताए।
 

प्रकाशित मिति: ११:४० बजे, शनिबार, वैशाख २८, २०७६