Kathmandu Press

क्रसर उद्योगमा बम विस्फोट गराएको आरोपमा तीन युवक पक्राउ

उदयपुर, पुस १ : उदयपुरको त्रियुगा नगरपालिका–१४ स्थित धाप्लाङटारमा सञ्चालनमा रहेको कञ्चनजङ्घा गोल्डेन गुड क्रसर उद्योगमा बम विस्फोट गराएको आरोपमा प्रहरीले तीन जनालाई...
क्रसर उद्योगमा बम विस्फोट गराएको आरोपमा तीन युवक पक्राउ

उदयपुर, पुस १ : उदयपुरको त्रियुगा नगरपालिका–१४ स्थित धाप्लाङटारमा सञ्चालनमा रहेको कञ्चनजङ्घा गोल्डेन गुड क्रसर उद्योगमा बम विस्फोट गराएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा उदयपुरको चौदण्डीगढी नगरपालिका–८ का २३ वर्षीय एम्बी पुलामी मगर, ३२ वर्षीय यम्बरबहादुर मगर र १८ वर्षीय दीपक क्षेत्री छन्। सोमबार राति धाप्लाङटारस्थित क्रसर उद्योगमा सुतली र सकेट बमसहित दुई बम विस्फोट गराएको थियो।

उनीहरु बम विस्फोट गराउको आशंकामा पक्राउ गरेर अनुसन्धान सुरु गरिएको उदयपुरका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी वेदप्रसाद गौतमले बताए।

मंसिर २९ गते राति ६ जनाको समूहले क्रसर उद्योगमा गएर उद्योगका सुरक्षागार्ड कर्णबहादुर तामाङलाई नियन्त्रणमा लिई बम विस्फोट गराएको प्रहरीले जनाएको छ। बम विस्फोटपछि जिल्ला प्रहरी, इलाका प्रहरी बेल्टार र सशस्त्र प्रहरी बेसक्याम्प बेल्टारको टोलीले स्थानीय क्षेत्र र जङ्गल आसपास बम विस्फोट गराउनेको व्यापक खोजी गर्ने क्रममा तीन जनालाई पक्राउ गरेको हो।

बम विस्फोटबाट क्रसर उद्योगको एक्जाभेटर, मोटरसहित पेट्रोलको ड्रममा क्षति हुँदा पुगेको छ। करिब १० लाख बराबरको क्षति भएको उद्योगका सञ्चालक सुमन्त कोइरालाले बताए। (रासस)

प्रकाशित मिति: १६:५३ बजे, बुधबार, पुस १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्