Kathmandu Press

दुई किलो सात सय ग्राम अफिमसहित एक जना पक्राउ

सुर्खेत, पुस १ : कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतले दुई किलो सात सय ग्राम अफिमसहित एक जनालाई पक्राउ गरेको छ।प्रहरीले सानीभेरी नगरपालिका–३ गरेला...
दुई किलो सात सय ग्राम अफिमसहित एक जना पक्राउ

सुर्खेत, पुस १ : कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतले दुई किलो सात सय ग्राम अफिमसहित एक जनालाई पक्राउ गरेको छ।

प्रहरीले सानीभेरी नगरपालिका–३ गरेला रुकुम पश्चिमका ५३ वर्षीय गोरख कुसारीलाई अफिमसहित पक्राउ गरेको जनाएको छ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक नारायण शर्माको नेतृत्वको टोली, लागुऔषध ब्यूरो सुर्खेत, जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम प्रहरी चौकी सिम्लीको संयुक्त टोलीले उनलाई पक्राउ गरेको जनाएको छ।

उनलाई विशेष सूचनाका आधारमा प्रहरी टोलीले पक्राउ गरेको हो। उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: १६:११ बजे, बुधबार, पुस १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्