Kathmandu Press

९ महिनादेखि बन्द रहेको पशुपति मन्दिर आजदेखि खुला

काठमाडौं, पुस १ : कोरोना महामारीका कारण गत चैतदेखि बन्द रहेको पशुपति मन्दिर आजदेखि खुला भएको छ।कोरोना संक्रमण जोखिमका कारण नौ महिनादेखि बन्द...
९ महिनादेखि बन्द रहेको पशुपति मन्दिर आजदेखि खुला

काठमाडौं, पुस १ : कोरोना महामारीका कारण गत चैतदेखि बन्द रहेको पशुपति मन्दिर आजदेखि खुला भएको छ।

कोरोना संक्रमण जोखिमका कारण नौ महिनादेखि बन्द रहेको पशुपति मन्दिर स्वास्थ्य मापदण्ड अपनाएर भक्तजनहरुका लागि आजदेखि खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

आजदेखि मन्दिर खुला गर्न हिजो क्षमापूजा गरिएको थियो। मन्दिर प्रवेश गर्ने दर्शनार्थीहरुले अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने कोषले जनाएको छ। पहिलो चरणमा दर्शनार्थीहरुलाई पश्चिम ढोकाबाट प्रवेश दिइने छ भने त्यही ढोकाबाट बाहिरिने व्यवस्था गरिएको छ।

दर्शनार्थीको लागि मन्दिर खोले पनि मन्दिरभित्र गरिने पूजापाठ र भजनकीर्तन भने तत्काल नहुने भएको छ। चैतपछि पशुपतिनाथमा भक्तजनले विशेष पूजा र दर्शन गर्न पाएका थिएनन्।

प्रकाशित मिति: १३:०१ बजे, बुधबार, पुस १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्