सुनको मूल्यमा सामान्य गिरावट
काठमाडौं, मंसिर ३० : एक सातापछि सुनको मूल्यमा सामान्य गिरावट आएको छ।केही सातादेखि उकालो लागेको सुनको मूल्य मंगलबार प्रतितोला एक सय रुपैयाँले घटेको...
काठमाडौं, मंसिर ३० : एक सातापछि सुनको मूल्यमा सामान्य गिरावट आएको छ।
केही सातादेखि उकालो लागेको सुनको मूल्य मंगलबार प्रतितोला एक सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवासयी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार प्रतितोला ९२ हजार चार सयमा कारोबार भएको थियो।
चाँदीको मूल्य मने स्थिर रहेको छ। मंगलबार चाँदी प्रतितोल एक हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि यहि मूल्यमा कारोबार भएको महासंघले जनाएको छ।
प्रकाशित मिति: १९:४३ बजे, मंगलबार, मंसिर ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
