Kathmandu Press

सिमराबाट प्रत्येक शनिबार माउन्टेन फ्लाइट

काठमाडौं, मंसिर ३० : नेपालको पहिलो एयरपोर्ट सिमराबाट पहिलो पटक माउन्टेन फ्लाइट सुरु भएको छ। सिमरा टुर एण्ड ट्राभल्स, अप्सरा टुर एण्ड ट्राभल्स, नगर...
सिमराबाट प्रत्येक शनिबार माउन्टेन फ्लाइट

काठमाडौं, मंसिर ३० : नेपालको पहिलो एयरपोर्ट सिमराबाट पहिलो पटक माउन्टेन फ्लाइट सुरु भएको छ। 

सिमरा टुर एण्ड ट्राभल्स, अप्सरा टुर एण्ड ट्राभल्स, नगर उद्योग वाणिज्य संघ, होटल तथा पर्यटन व्यवसायी संघ, होटल सिमरा ईन, सिमरा विमानस्थल कार्यालय र क्लासिक होटलको संयुक्त सहकार्य र यति एयरलाईन्सको सहकार्यमा माउन्टेन फ्लाइट सुरु भएको हो।

‘सर्बोच्च शिखर सगरमाथासँग साक्षात्कार गरौं, प्राकृतिक सुन्दरताको अनुभूती गरी पर्यटन प्रवर्धन गरौं’ भन्ने नारासहित सुरु गरिएको माउन्टेन फ्लाइटले प्रत्येक शनिबार उडान भर्ने होटल तथा पर्यटन व्यवसायी महासंघ, प्रदेश २ का महासचिव मोहन शर्मा लामिछाने बताउँछन्।

शनिबार माउन्टेन फ्लाइटको उद्घाटन गर्दै संघीय सांसद कृष्णकुमार श्रेष्ठले सिमराबाट सिधै माउन्टेन फ्लाइट सुरु हुँदा भारतीय तथा आन्तरिक पर्यटकहरुलाई राहत मिल्ने र यसले तराई क्षेत्रको विकासमा समेत टेवा पुग्ने बताए।

यस उडानले विश्वको सर्वोच्च शिखर सगरमाथासहित विभिन्न हिमश्रृंखलाहरुलाई नजिकबाट अवलोकन गर्न सकिने र प्रदेश दुईको पर्यटन व्यवसायमा टेवा पुग्ने महासंघको विश्वास छ। 

माउन्टेन फ्लाइट सुरू भएसँगै ट्राभल एवं पर्यटन व्यवसायी उत्साहित भएका छन्। भारतीय पर्यटकलाई लक्षित गरि सिमाराबाटै प्लाइट सुरु हुँदा काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलसम्म पुग्नु पर्ने झन्झटको अन्त्य भएको व्यवसायीहरु बताउँछन्।

प्रकाशित मिति: १८:१९ बजे, मंगलबार, मंसिर ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्