Kathmandu Press

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु

दाङ, मंसिर ३० : दाङमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय, दाडका अनुसार राप्ती गाउँपालिका ८ बिजौरीमा भालुबाङ्गबाट...
ट्रकमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु

दाङ, मंसिर ३० : दाङमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय, दाडका अनुसार राप्ती गाउँपालिका ८ बिजौरीमा भालुबाङ्गबाट लमही आउँदै गरेको रा ३ प १३७३ नम्बरको मोटरसाइकल रोकिराखेको लु १ ख ७००६ नम्बरको ट्रकको पछाडि ठोक्किँएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक राप्ती गाउँपालिका७ का २७ वर्षीय अनिल चौधरीको मृत्यु भएको छ।

दुर्घटनामा उनी गम्भीर घाइते भएका थिए। उपचारका लागि लमही लग्दै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

 

प्रकाशित मिति: १६:४२ बजे, मंगलबार, मंसिर ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्