बलात्कारका अभियुक्तलाई आठ वर्ष कैद
सप्तरी, मंसिर ३० : एक बालिकालाई बलात्कार गरेको अभियोगमा सप्तरीको शम्भुनाथ नगरपालिका–५ मोहनपुरका ४० वर्षीय गेनाइ राम चमारलाई अदालतले आठ वर्ष कैद सजाय...
सप्तरी, मंसिर ३० : एक बालिकालाई बलात्कार गरेको अभियोगमा सप्तरीको शम्भुनाथ नगरपालिका–५ मोहनपुरका ४० वर्षीय गेनाइ राम चमारलाई अदालतले आठ वर्ष कैद सजाय गरेको छ।
जिल्ला अदालत, सप्तरीका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले गेनाइलाई आठ वर्ष कैद सजाय तोकेको हो। उनी २०७४ चैत १८ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले अभियुक्तलाई आठ वर्ष कैद सजायसँगै १० हजार रुपैयाँ जरिवाना पनि गरिएको बताए।
शम्भुनाथ नगरपालिका–२ मा काठको फर्निचर पसल सञ्चालन गरी बसेका गेनाइले बालिकालाई ललाइफकाई पटक–पटक बलात्कार गरेको खुलेको थियो। बालिका गर्भवती भएपछि उनकी आमाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्।
प्रकाशित मिति: १६:१३ बजे, मंगलबार, मंसिर ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











