Kathmandu Press

जनताका चाहना अनुसार सरकार चल्न सकेन : महामन्त्री कोइराला

विराटनगर, मंसिर २९ : नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले सरकार जनताका चाहना र आवश्यकतानुसार नचलेको आरोप लगाएका छन्।कांग्रेस मोरङले सोमबार आयोजना गरेको...
जनताका चाहना अनुसार सरकार चल्न सकेन : महामन्त्री कोइराला

विराटनगर, मंसिर २९ : नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले सरकार जनताका चाहना र आवश्यकतानुसार नचलेको आरोप लगाएका छन्।

कांग्रेस मोरङले सोमबार आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले सरकार कोभिड–१९ लाई नियन्त्रण गर्न असफल भएको र कोरोनाबाट नागरिकलाई जोगाउन खासै काम नगरेको आरोप लगाए। अहिलेको सरकारले करीब तीन वर्षका अवधिमा पनि रचनात्मक काम गर्न नसकेको आरोप लगाउँदै महामन्त्री डा कोइरालाले सरकारले नेपाली कांग्रेसका वरिष्ठ नेतालाई पनि दुर्व्यवहार गरिएकोप्रति आपत्ति जनाए।

उनले आउँदो निर्वाचनमा  कांग्रेसलाई जिताउन तरुणहरुलाई एकजुट भएर पार्टीको काममा लाग्न निर्देशन दिँदै डा कोइरालाले कांग्रेसलाई एक ढिक्का बनाइने बताए। 

प्रकाशित मिति: ०१:३१ बजे, मंगलबार, मंसिर ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्