Kathmandu Press

कांग्रेसलाई सत्ता प्यारो छैन : डा रिजाल

दमौली, मंसिर २९ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले कांग्रेसलाई सत्ता प्यारो नभएको बताएका छन्। कांग्रेस तनहुँले सोमबार दमौलीमा आयोजना गरेको विरोध...
कांग्रेसलाई सत्ता प्यारो छैन : डा रिजाल

दमौली, मंसिर २९ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले कांग्रेसलाई सत्ता प्यारो नभएको बताएका छन्। 

कांग्रेस तनहुँले सोमबार दमौलीमा आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै रिजालले जनताले कांग्रेसलाई आफ्नो माझ खोजेको र अबको चुनावपछि कांग्रेस पहिलो शक्ति बन्ने जिकिर गरे। ‘गएको निर्वाचनमा कांग्रेस थोरै मतले पछाडि परेको हो, अझै पनि जनताको भरोसा यो पार्टीमा छ,’उनले भने।

वर्तमान सरकार ५ वर्षसम्म नै चलोस् भन्ने कांग्रेसको शुभेच्छा रहे पनि सरकारले जनभावना नबुझेको रिजालको आरोप थियो। संविधानको रक्षाका लागि कांग्रेस सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै रिजालले जनताका पक्षमा काम गर्न सरकारलाई सुझाव दिए। 

प्रकाशित मिति: ०१:२३ बजे, मंगलबार, मंसिर ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्