Kathmandu Press

विकसित मुुलुकको जनशक्तिसँग प्रतिष्पर्धा गर्ने शिक्षा आवश्यक : अध्यक्ष तिमिल्सिना

पोखरा, मंसिर २९ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले रोजगारमूलक, सीपमूलक र प्रतिष्पर्धी शिक्षा देशका लागि आवश्यक रहेको बताएका छन्। पोखरा महानगरपालिका–५ मालेपाटनमा अवस्थित बाराही...
विकसित मुुलुकको जनशक्तिसँग प्रतिष्पर्धा गर्ने शिक्षा आवश्यक : अध्यक्ष तिमिल्सिना

पोखरा, मंसिर २९ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले रोजगारमूलक, सीपमूलक र प्रतिष्पर्धी शिक्षा देशका लागि आवश्यक रहेको बताएका छन्। 

पोखरा महानगरपालिका–५ मालेपाटनमा अवस्थित बाराही माध्यमिक विद्यालयमा सात कोठाको पक्की भवनको सोमबार शिलान्यास गर्दै उनले विकसित मुलुकको जनशक्तिसँग प्रतिस्पर्धा गरी श्रेष्ठता हासिल गर्न सक्ने खालको शिक्षा आवश्यक रहेको बताएका हुन्।  

उनले सामुदायिक विद्यालयमा कक्षा कोठा, खेल मैदान, ल्याबलगायतका पूर्वाधारसँगै पठनपाठन गुणस्तरीय हुनुपर्ने आवश्यकता औँल्याए।

अध्यक्ष तिमिल्सिनाले एसइईमा मात्र नभई उच्च शिक्षा, विश्वविद्यालय तथा विश्वका जुनसुकै विश्वविद्यालयमा उत्कृष्टता हासिल गर्ने विद्यार्थी उत्पादन गरेर विद्यालयले गर्व गर्न सक्ने वातावरण बन्नु आवश्यक रहेकामा जोड दिए। 

प्रकाशित मिति: ०१:०९ बजे, मंगलबार, मंसिर ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्