Kathmandu Press

निधिले भने- तत्काल संसद अधिवेशन बोलाउनुपर्छ 

भक्तपुर, मंसिर २९ : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संसद्को अधिवेशन छिटोभन्दा छिटो बोलाउन सरकारसँग माग गरेका छन्। कांग्रेस जिल्ला समिति भक्तपुरले आज सूर्यविनायकमा...
निधिले भने- तत्काल संसद अधिवेशन बोलाउनुपर्छ 

भक्तपुर, मंसिर २९ : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संसद्को अधिवेशन छिटोभन्दा छिटो बोलाउन सरकारसँग माग गरेका छन्। 

कांग्रेस जिल्ला समिति भक्तपुरले आज सूर्यविनायकमा आयोजना गरेको विरोध कार्यक्रममा उनले देशमा भएका समस्याको समाधान संससबाटै खोज्नुपर्ने भएकाले तत्काल संसद् बैठक बोलाउन माग गरेका हुन्। कांग्रेससँग निर्वाचन कुर्नाको विकल्प नभएको जनाउँदैै उनले आगामी निर्वाचनको तयारीका लागि गाउँ–गाउँमा जान कार्यकर्तालाई आह्वान गरे। 

करिब तीन वर्षका अवधिमा जनताले दिएको मतको सरकारले कदर गर्न नसकेको र जनताले चाहेअनुसार सरकार नगएको रोप लगाउँदै उनले प्रतिपक्ष दलले शिलान्यास र उद्घाटनसमेत गर्न नहुने गरी रोक्नु गलत भएको जिकिर गरे। सरकार भ्रष्टाचार नियन्त्रण, सुशासन, रोजगारीको व्यवस्था, कोरोना नियन्त्रणजस्ता विषयमा गम्भीर हुनुपर्ने उनले बताए। 

प्रकाशित मिति: ००:५४ बजे, मंगलबार, मंसिर ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्