Kathmandu Press

निरोगी जनता भए मात्र देश समृद्ध हुन्छ : मन्त्री थापा

चितवन, मंसिर २९ : गृहमन्त्री रामबहादुर थापाले निरोगी जनता भए मात्र समृद्ध देश निर्माण गर्न सकिने बताएका छन्।भरतपुर महानगरपालिका–१ मा रहेको योगी नरहरिनाथ...
निरोगी जनता भए मात्र देश समृद्ध हुन्छ : मन्त्री थापा
गृहमन्त्री रामबहादुर थापा बादल।

चितवन, मंसिर २९ : गृहमन्त्री रामबहादुर थापाले निरोगी जनता भए मात्र समृद्ध देश निर्माण गर्न सकिने बताएका छन्।

भरतपुर महानगरपालिका–१ मा रहेको योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयको अवलोकन भ्रमण कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले देश समृद्ध हुन पहिला जनता निरोगी हुनुपर्ने बताए।

“नेपाली रोगी छन् भने सुखी हुन सक्दैनन्”, उनले भने, “सरकारले लिएको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पनि पूरा हुँदैन। देश समृद्धतर्फ पनि जान सक्दैन।” 

मन्त्री थापाले कोभिड–१९ ले अर्थतन्त्र र समृद्ध नेपाल निर्माणमा ठूलो असर पारेकाले अव स्वास्थ्य हुँदै निरोगी नेपाली, समृद्ध नेपालको निर्माणमा अगाडि बढ्नु पर्ने उनको भनाइ थियो। सरकारले यस्ता प्राकृतिक चिकित्सालय निर्माणमा विशेष जोड दिने प्रतिबद्धता पनि मन्त्री थापाले जनाए। 

प्रकाशित मिति: ००:१० बजे, मंगलबार, मंसिर ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्