Kathmandu Press

मालपोत कार्यालय भरतपुरका लेखा अधिकृतसहित तीन जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं, मंसिर २९ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भरतपुर, चितवनका लेखा अधिकृत, नायब सुब्बा र लेखापालविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको...
मालपोत कार्यालय भरतपुरका लेखा अधिकृतसहित तीन जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं, मंसिर २९ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भरतपुर, चितवनका लेखा अधिकृत, नायब सुब्बा र लेखापालविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार विभिन्न फाँटबाट नगदी रसिद काटी सङ्कलन भएको रकम लेखा शाखाबाट बैंक दाखिला नगरी हिनामिना गरेको अभियोगका आधारमा छानबिन गर्दा भ्रष्टाचार गरेको पाइएकाले उनीहरुविरुद्ध सोमबार मुद्दा दायर गरिएको हो। 

आयोगले नायबसुब्बा मनोजकुमार निरौलाविरुद्ध चार लाख ७१ हजार ६१३ बराबरको बिगो कायम गरी मुद्दा दायर गरेको छ। यस्तै लेखा अधिकृत रिठ्ठे दर्जीविरुद्ध सात करोड आठ लाख १७ हजार ३७ र लेखापाल बलराम सापकोटाविरुद्ध ५८ लाख ४३ हजार ८०६ बराबरको भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए। 

प्रकाशित मिति: ००:०४ बजे, मंगलबार, मंसिर ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्