Kathmandu Press

नेप्सेमा उछाल, सात अर्बको कारोवार

काठमाडौं, मंसिर २९ : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि उच्च अंकले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार आज...
नेप्सेमा उछाल, सात अर्बको कारोवार

काठमाडौं, मंसिर २९ : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि उच्च अंकले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से र कारोवार रकम दुवैमा उल्लेख्य वृद्धि भएको छ। 
स्टकका अनुसार नेप्सेमा ५६.७२ अंकले वृद्धि भएर दुई हजार ६७.१७ मा पुगेको छ। यस्तै सेन्सेटिभ परिसूचक ६.०४ ले वृद्धि भई ३८८.१६ मा पुगेको छ। कूल २०२ कम्पनीको एक करोड २८ लाख ८८ हजार ६६ कित्ता शेयर सात  अर्ब २० करोड ४१ लाख ३६ हजार ९२३ रुपैयाँ मूल्यमा खरिद बिक्री भएको छ। 

कारोवार भएका कूल १२ उपसमूहमध्ये आज जलविद्युत् उपसमूहको मात्रै शेयर ओरालो लागेको छ। सो उपसूह २१.१५ ले ओरालो लाग्दा बैंकिङ २२.१, व्यापार १६१.७६, होटल ३६.१६, विकास बैंक ५६.५२, वित्त ३.३४, निर्जीवन बीमा ३७.१४, उत्पादन १०६.०५, अन्य ६३.३९, लघुवित्त १३६.२१, जीवन बीमा १ र सामूहिक लगानी कोष ०.१५ ले वृद्धि भएको छ। 

कारोवारका आधारमा आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ७४ करोड ३९ लाख ९९ हजार ६६८ रुपैयाँ बराबरको कारोवार भयो। यस्तै पुनरबीमा कम्पनी ४६ करोड १५ लाख ३३ हजार ८०४ रुपैयाँ, नेशनल लाइफ इन्स्योरेन्स ४२ करोड एक लाख ४३८ रुपैयाँ, नबिल बैंक३२ करोड ७९ लाख ६ हजार ८५९ रुपैयाँ, शिखर इन्स्योरेन्स २४ करोड ८० लाख ९० हजार ९३२ रुपैयाँ, एनआइसी एशिया बैंक २२ करोड ३५ लाख चार हजार ५२५ रुपैयाँ, शिवम् सिमेन्ट १९ करोड ४५ लाख ४५ हजार ७७५ रुपैयाँ, नेपाल दूरसञ्चार कम्पनी १७ करोड ८५ लाख १५ हजार १९४ रुपैयाँबराबरको कारोवार भई शीर्ष स्थानमा रहे। 

प्राइम लाइफ इन्स्योरेन्स १०, ग्लोबल आइएमई लघुवित्त ९।९९, नारायणी डेभपलमेन्ट बैंक ९.९८, नेपाल लाइफ इन्स्योरेन्स ९.९८, स्वाभिमान लघुवित्त वित्तीय संस्था ९.९७, माहुली सामुदायिक लघुवित्त ९.९६, नेशनल माइक्रोफाइनान्स ९.९८, स्वाभिमान लघुवित्त वित्तीय संस्था ९.९७, नेशनल माइक्रोफाइनान्स ९.९६, माहुली सामुदायिक लघुवित्त ९.९६ र शिखर इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ९.९६ प्रतिशतले कमाए। 

यसैगरी, लिवर्टी इनर्जी ५.७९, यूनिलिभर नेपाल ४.९५, माउण्टेन हाइड्रो ३.८३, कृषि विकास बैंक ३.०८, रिडी हाइड्रोपावर २.५०, हिमालयन ऊर्जा विकास कम्पनी २.३७, रसुवागढी हाइड्रोपावर २.३३, हिमाल दोलखा हाइड्रोपावर कम्पनी २.१६ प्रतिशतले गुमाएका छन्।

प्रकाशित मिति: २३:१४ बजे, सोमबार, मंसिर २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्