Kathmandu Press

काठमाडौं उपत्यकामा थपिए ३३३ जना कोरोना संक्रमित

काठमाडौं, मंसिर २९ : काठमाडौं उपत्यकामा थप ३३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा काठमाडौंमा उपत्यकामा थप ३३३ जनामा कोरोना...
काठमाडौं उपत्यकामा थपिए ३३३ जना कोरोना संक्रमित
फाइल तस्वीर।

काठमाडौं, मंसिर २९ : काठमाडौं उपत्यकामा थप ३३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

पछिल्लो २४ घण्टामा काठमाडौंमा उपत्यकामा थप ३३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार काठमाडौंमा २४६, भक्तपुरमा ३४ र ललितपुरमा ५३ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

यस्तै, सोमबार नेपालमा थप ८२१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४९ हजार २४४ पुगेको छ भने अहिलेसम्म २ लाख ३६ हजार ५७३ जना संक्रमणमुक्त भएका छन्।

यस्तै,  पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १७१६ पुगेको छ। 

स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार ८४२ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।

प्रकाशित मिति: २१:४८ बजे, सोमबार, मंसिर २९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्