Kathmandu Press

उखु किसान भन्छन्- व्यापारीजस्तै सरकारले पनि झुक्यायो

उखु बेचेको ९० कराेड रुपैयाँ उठाउन एक वर्षपछि फेरि काठमाडाैं पुगेका तराईका उखु किसान माइतिघर मण्डलमा धर्नामा बसेका छन्।
उखु किसान भन्छन्- व्यापारीजस्तै सरकारले पनि झुक्यायो

काठमाडौं, मंसिर २९ : उखु बेचेको पैसा उठाउन एक वर्षपछि उखु किसान फेरि काठमाडौंमा पुगेका छन्। उनीहरुले माइतिघर मण्डलमा धर्ना थालेका छन्।

गत वर्ष पुसमा पनि सर्लाही, सप्तरी, सिराहाका किसान राजधानी आएका थिए। सरकारले उनीहरुको पैसा दिलाउने भन्दै सम्झौता गरेको थियो।

तर, एक वर्षसम्म पनि उनीहरुले पैसा पाएका छैनन्। व्यापारीजस्तै सरकारले पनि झुक्याएको उनीहरुले गुनासो गरेका छन्। ‘व्यापारीजस्तै सरकार पनि झुक्यायो,’ एक किसानले भने।

एक वर्षसम्म पैसा नपाएपछि उनीहरु दुई दिन अघि काठमाडौंमा पुगेका हुन्। अझै पनि सप्तरी, सिराहा, सर्लाहीलगायतका उखु किसान काठमाडौं आइरहेका छन्। उनीहरुको ९० करोड रुपैयाँ व्यापारीले दिएका छैनन्।

 

प्रकाशित मिति: २०:०६ बजे, सोमबार, मंसिर २९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्