एनआईसी एशियामा पनि ‘कर्पोरेट–पे’ प्रणाली सुरु
काठमाडौं, मंसिर २९ : एनआईसी एशिया बैंक लिमिटेडले पनि ‘कर्पोरेट–पे’ प्रणाली सुरु गरेको छ।संस्थागत ग्राहकहरूका निम्ति बैंक खाताबाटै विद्युतीय भुक्तानी गर्न सकिने ‘कर्पोरेट–पे’...
काठमाडौं, मंसिर २९ : एनआईसी एशिया बैंक लिमिटेडले पनि ‘कर्पोरेट–पे’ प्रणाली सुरु गरेको छ।
संस्थागत ग्राहकहरूका निम्ति बैंक खाताबाटै विद्युतीय भुक्तानी गर्न सकिने ‘कर्पोरेट–पे’ प्रणालीको सुरु गरेको हो। यसका लागि बैंकले नेपाल क्लियरिंग हाउस लिमिटेडसँग सम्झौता गरेको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
यो प्रणाली सुरु भएसँगै संस्थागत ग्राहकले बैंकमा उपस्थित नभई रकम स्थानान्तरण, तलब भुक्तानी, भेन्डर भुक्तानी, सरकारी राजस्व भुक्तानीलगायत विभिन्न व्यावसायिक भुक्तानीहरू बैंकमा रहेको आफ्नो खातामार्फत गर्न सक्नेछन्।
प्रकाशित मिति: १९:१४ बजे, सोमबार, मंसिर २९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
