Kathmandu Press

काठमाडौँमा आज यस वर्षकै बढी चिसो

काठमाडौं, मंसिर २९ : काठमाडौँ उपत्यकामा आज यो वर्षकै बढी चिसो महसुुस गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँको न्यूनतम...
काठमाडौँमा आज यस वर्षकै बढी चिसो

काठमाडौं, मंसिर २९ : काठमाडौँ उपत्यकामा आज यो वर्षकै बढी चिसो महसुुस गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम यो वर्षकै कम चार डिग्री सेल्सियस मापन गरिएको छ। 

यसअघि आइतबार काठमाडौँको न्यूनता तापक्रम ४.५ डिग्री सेल्सियस थियो। मौसमविद् निराजन सापकोटाका अनुसार अब देशभर तापक्रम निरन्तर घट्ने क्रममा रहेको छ। ‘डम्म बादल लाग्यो भने बादलले ब्ल्याङ्केटको काम गर्छ र अधिकतम तापक्रम घट्छ, बादल लागेन भने न्यूनतम तापक्रम घट्छ र चिसो हुन्छ,’ मौसमविद् सापकोटाले भने। यस वर्ष काठमाडौँको तापक्रम शून्य डिग्रीसम्म पुग्ने मौसमविद्को अनुमान छ। 

मौसमविद्का अनुसार अब केही दिन मौसम सफा हुने भएको छ। दिनभर घाम लागे पनि बिहानबेलुका बढी चिसो महसुस हुने बताइएको छ। हाल देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ। दिउँसो प्रदेश नं १ लगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने बताइएको छ। 

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.० डिग्री र अधिकतम तापक्रम २१.६ डिग्री सेल्सियस रहेको छ। त्यस्तै आज सबै भन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ६.५ डिग्री र सबै भन्दा धेरै विराटनगरको न्यूनतम तापक्रम १३.५ डिग्री सेल्सियस रहेको छ।

प्रकाशित मिति: १८:२५ बजे, सोमबार, मंसिर २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्