Kathmandu Press

जंगली हात्तीको आक्रमणबाट युवकको मृत्यु

सुनसरी, मंसिर २९ : जंगली हात्तीको आक्रमणबाट सुनसरीको कोशी गाउँपालिका–७ मा आज बिहान एक युवकको मृत्यु भएको छ।हात्तीको आक्रमणबाट कोशी गाउँपालिका–६ श्रीपुरजब्दीका २८...
जंगली हात्तीको आक्रमणबाट युवकको मृत्यु

सुनसरी, मंसिर २९ : जंगली हात्तीको आक्रमणबाट सुनसरीको कोशी गाउँपालिका–७ मा आज बिहान एक युवकको मृत्यु भएको छ।

हात्तीको आक्रमणबाट कोशी गाउँपालिका–६ श्रीपुरजब्दीका २८ वर्षीय प्रमोद यादवको मृत्यु भएको स्थानीय बासिन्दा धर्मेन्द्र मेहताले बताए।

कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केर आएको मकुना हात्तीको आक्रमणबाट प्रमोदको मृत्यु भएको हो।

गएराति आरक्षबाट हात्ती आएका थिए। आज बिहान आरक्षतर्फ फर्किने क्रममा आफ्नै खेतमा काम गरिरहेका प्रमोदलाई आक्रमण गरेको थियो। हात्तीको आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको स्थानीय बासिन्दाले बताए।

घटनापछि आरक्ष कार्यालयका कर्मचारी, नेपाली सेना र नेपाल प्रहरीको टोली घटनास्थल पुगेको छ। स्थानीय बासिन्दाले पटक–पटक आरक्षबाट आउने जङ्गली जनावरको आतङ्कबाट आफूहरु प्रताडित भएको भन्दै नियन्त्रणका लागि माग गरेका छन्।

दैनिक रुपमा आरक्षबाट आउने हात्ती, अर्ना, बदेँललगायतका जनवारले बालीनाली नष्ट गर्नुका साथै स्थानीय समुदायको घरसमेत तोडफोड गर्ने गरेको र मानविय क्षतिसमेत गर्दै आएको बताइएको छ। (रासस)

प्रकाशित मिति: १७:१४ बजे, सोमबार, मंसिर २९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्