ट्रयाक्टर नहरमा खस्दा चालकको मृत्यु
विराटनगर, मंसिर २९ : मोरङको विराटनगर महानगरपालिका–४ इक्राहीमा गुडिरहेको ट्रयाक्टर नहरमा खस्दा चालकको मृत्यु भएको छ।गएराति इक्राहीस्थित भित्री सडकखण्डमा दक्षिणतर्फ जाँदै गरेको अनटेस्ट...
विराटनगर, मंसिर २९ : मोरङको विराटनगर महानगरपालिका–४ इक्राहीमा गुडिरहेको ट्रयाक्टर नहरमा खस्दा चालकको मृत्यु भएको छ।
गएराति इक्राहीस्थित भित्री सडकखण्डमा दक्षिणतर्फ जाँदै गरेको अनटेस्ट ट्रयाक्टर अनियन्त्रित भएर नहरमा खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा सुनसरीको बर्जु गाउँपालिका–६ चिमडीका चालक ५५ वर्षीय आशाराम चौधरीको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि कोशी अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ।
प्रकाशित मिति: १६:३६ बजे, सोमबार, मंसिर २९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











