कोरोना बढेपछि डिलाशैनीमा थपियो लकडाउन
बैतडी, मंसिर २९ : कोरोना संक्रमण कम नभएपछि बैतडीको डिलाशैनी गाउँपालिकाको लकडाउन थप एक हप्ताका लागि लम्ब्याइएको छ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंखबहादुर शाहका...
बैतडी, मंसिर २९ : कोरोना संक्रमण कम नभएपछि बैतडीको डिलाशैनी गाउँपालिकाको लकडाउन थप एक हप्ताका लागि लम्ब्याइएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंखबहादुर शाहका अनुसार पुस ५ गतेसम्म लकडाउन लम्ब्याइएको हो। कोरोनाको जोखिम कायमै रहेकाले लकडाउन थप्ने निर्णय भएको उनले बताए।
आइतबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले आजदेखि लागू हुने गरी पुस ५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो। यसअघि मंसिर २६ गतेसम्म लकडाउन गरिएकोमा जोखिम कायमै रहेकाले थपिएको जनाएको छ।
लकडाउनको अवधिमा गाउँपालिकामा अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा बन्द रहने छन्। साथै विद्यालय पूर्णरूपमा बन्द हुने छन् भने पसल पनि बिहान ८ बजेदेखि ९ बजेसम्म मात्रै खुला हुनेछन्।
औषधि पसल, एम्बुलेन्स सेवा भने सञ्चालन हुनेछन्। डिलाशैनी गाउँपालिकामा हालसम्म २९ जनामा कोरोना पुष्टि हुँदा १७ जना सक्रिय सङ्क्रमित रहेका छन्। (रासस)











