प्रभु लाईफ इन्स्योरेन्स चौथौ बर्षमा, ६० लाख कित्ता शेयर निष्कासन हुने
काठमाडौं, मंसिर २८ : प्रभु लाइफ इन्स्योरेन्स आफ्नो स्थापनाको तेस्रो वर्ष पुरा गरी चौथो वर्षमा प्रवेश गरेको छ । प्रभुले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा...
काठमाडौं, मंसिर २८ : प्रभु लाइफ इन्स्योरेन्स आफ्नो स्थापनाको तेस्रो वर्ष पुरा गरी चौथो वर्षमा प्रवेश गरेको छ ।
प्रभुले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत महानगरीय ट्राफिक प्रहरी महाशाखालाई स्यानिटाइजर, मास्क र साबुन सहितको स्वास्थ्य सुरक्षा सम्बन्धी सामाग्रीहरु उपलब्ध गराएको छ ।
आज महानगरीय ट्राफिक प्रहरी महाशाखामा आयोजित एक समारोहमा प्रभु लाइफ इन्स्योरेन्स लि. का प्रमुख कार्यकारी अधिकृत नारायणप्रसाद पौडेलले उक्त सामाग्रीहरु ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरिक्षक जनक भट्टराईज्यूलाई हस्तान्तरण गरेका छन्।

कार्यक्रममा प्रभु लाइफ इन्स्योरेन्सका वरिष्ठ अधिकृतहरु एव्म महाशाखाका ट्राफिक प्रहरी पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
यसैगरी उक्त कम्पनीका प्रदेशस्थित कार्यालयहरुबाट पनि रक्तदान लगायतका विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यक्रमहरु संचालन गरिएको थियो ।

यही मंसिर २९ गतेदेखि उक्त कम्पनीको ६० लाख कित्ता वरावरको ६० करोड रुपैयाको शेयर समेत सार्वजनिक निष्कासन खुला हुदैंछ । सिद्धार्थ क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रवन्धकत्वमा हुने शेयरको यो सार्वजनिक निष्कासन छिटोमा पुस २ गते बैकिङ्ग समय पश्चात् बन्द हुनेछ । प्रति शेयर एक सय रुपैया अंकित दरले ६० लाख कित्ता साधारण शेयर मध्ये कम्पनीको कर्मचारीहरुलाई ३ लाख कित्ता शेयर सुरक्षित गरीे र ३ लाख कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरिएको र बाँकी ५४ लाख कित्ता साधारण शेयर सर्वसाधारणका लागि खुला गरिनेछ । सार्वजनिक निष्कासन पश्चात् उक्त कम्पनीको चुक्ता पुँजी १ अर्व ४० करोडबाट बढेर २ अर्ब रुपैया पुग्नेछ ।










-1754206481.jpg)
