नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री गर्ने
काठमाडौं, मंसिर २८ : नेपाल राष्ट्र बैंकले सोमबार ६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। राष्ट्र बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट ट्रेजरी...
काठमाडौं, मंसिर २८ : नेपाल राष्ट्र बैंकले सोमबार ६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। राष्ट्र बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट ट्रेजरी बिल बिक्री गर्न लागेको हो।
केन्द्रीय बैंकका अनुसार ट्रेजरी बिल नवीकरण गर्ने प्रयोजनका लागि सूचना जारी गरिएको हो। कूल चार अर्बको ट्रेजरी बिल ९१ दिनका लागि बिक्री गर्न लागिएको हो। सो बिल आगामी चैत ३ गते परिपक्व हुनेछ। यस्तै दुई अर्ब रुपैयाँको ट्रेजरी बिल भने ३६४ दिने अवधिको रहेको छ।
सो बिल २०७८ मङ्सिर २८ गते परिपक्व हुनेछ। बैंकले यसअघि मङ्सिर २२ गते १७ अर्ब २६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो।
प्रकाशित मिति: २३:२४ बजे, आइतबार, मंसिर २८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
