भ्रष्टाचार गरेको पुष्टि भए देउवामाथि पनि कारबाही हुन्छः पौडेल
गाईघाट, वैशाख २७ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भ्रष्टाचार गरेको पुष्टि भए सभापति शेरबहादुर देउवामाथि पनि....
गाईघाट, वैशाख २७ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भ्रष्टाचार गरेको पुष्टि भए सभापति शेरबहादुर देउवामाथि पनि कारबाही हुने बताएका छन्।
नेपाल प्रेस युनियन उदयपुरले शुक्रबार गाईघाटमा गरेको पत्रकार सम्मेलनमा पौडेलले कांग्रेसका सभापति वा जोकोही नेताले भ्रष्टाचार गरेको पुष्टि भए कडा कारबाही गरिने बताएका हुन्।
अहिले बालुवाटारको जग्गा काण्ड, एनसेल काण्ड र वाइड वडी काण्डमा विभिन्न पार्टीका नेताहरुको नाम जोडिएको र त्यसमा कांग्रेसका सभापति देउवाकोसमेत नाम जोडिएको भन्दै पौडेलले यदि भ्रष्टचार गरेको पुष्टि भए आफूहरु पार्टी सभापति देउवालाई समेत कारवाही गर्न तयार रहेको बताए।
उनलेले वर्तमान सरकारले राम्रो काम गर्ने अवसर पाइरहेको भएपनि जनताका हितमा काम गर्न नसकेको बताए। पौडेलले अहिले सत्ता पक्ष र विपक्षीबीच वाक युद्ध चलिरहेको र यस्तो वाक युद्धले प्रजातन्त्र र संघीयतालाई बलियो नबनाउने बताए। उनले सरकार पक्ष र विपक्षी दुबैले बोल्दा संयम भएर शिष्ट तरिकाले संसदीय मर्यादामा रहेर बोल्न सिक्नुपर्ने बताए।






