Kathmandu Press

दार्चुलामा ११ महिने बालिकाको हत्या, बाबुआमा पक्राउ

दार्चुला, वैशाख २७ : दार्चुलाको व्यास गाउँपालिका-५ चुकपानीमा एक अभिभावकले आगो लगाएर आफ्नै शिशुको हत्या गरेका छन्। 

२२ वर्षीय नवीन विष्ट....

दार्चुलामा ११ महिने बालिकाको हत्या, बाबुआमा पक्राउ

दार्चुला, वैशाख २७ : दार्चुलाको व्यास गाउँपालिका-५ चुकपानीमा एक अभिभावकले आगो लगाएर आफ्नै शिशुको हत्या गरेका छन्। 

२२ वर्षीय नवीन विष्टले आफ्नो ११ महिने छोरी अनुस्काको बिहीबार राति आगो लगाएर हत्या गरेका हुन्। घर नजिकै रहेको लुठ्ठा (खर) मा आगो लगाएर छोरीको हत्या गरेको प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिए। घटनामा संलग्न  विष्ट र उनकी पत्नी शीलालाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको छ। 

उनीहरुलाई शुक्रबार बिहान घरबाटै पक्राउ गरी सदरमुकाम ल्याइँदैछ। राति छोरीको हत्यापछि भाग्न लागेका दुवै जनालाई स्थानीयवासीको सहयोगमा राति नियन्त्रणमा लिइएको  वडा नम्बर ५ का अध्यक्ष मङ्गलसिंह धाँमीले जानकारी दिए।  हत्याको कारण भने खुल्न सकेको छैन।
 
प्रकाशित मिति: १५:४७ बजे, शुक्रबार, वैशाख २७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्