Kathmandu Press

देशभरका होमस्टे खोल्ने होसानको निर्णाय

काठमाडौं, मंसिर २८ : कोभिड–१९को महामारीका कारण बन्द रहेका होमस्टेहरु सञ्चालनमा ल्याउने भएको छ । होमस्टेहरु करिब नौ महिनादेखि बन्द रहेका कारण व्यवसायीहरु मारमा परेको...
देशभरका होमस्टे खोल्ने होसानको निर्णाय

काठमाडौं, मंसिर २८ : कोभिड–१९को महामारीका कारण बन्द रहेका होमस्टेहरु सञ्चालनमा ल्याउने भएको छ । 

होमस्टेहरु करिब नौ महिनादेखि बन्द रहेका कारण व्यवसायीहरु मारमा परेको भन्दै होमस्टे एशोसियसन नेपाल (होसान)ले देशभरका होमस्टेहरु सञ्चालनमा ल्याउने निर्णय गरेको हो। 

शनिबार चितावनको खैरहनी १० कठारमा बसेको होमस्टे एशोसियसन नेपाल (होसान) केन्द्रीय समितिको बैठकले सरकारले तोकेको सुरक्षा मापदण्ड अनुसार देशभरका होमस्टेहरू सुचारू गर्ने निर्णय गरेको होसानका कोषाध्यक्ष सुरज बास्तोलाले बताए।

यस्तै पछिल्लो समय कोभिड–१९को प्रभाव कम देखिएकाले पर्यटकहरुका लागि होमस्टे खुल्ला गरिएको उनले बताए।
 

प्रकाशित मिति: १९:२२ बजे, आइतबार, मंसिर २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्