Kathmandu Press

आइएसपीको चेतावनी-देशभर टिभी र इन्टरनेट सेवा बन्द भए जिम्मा कुलमान घिसिङले लिनुपर्छ

काठमाडौं, वैशाख २७: इन्टरनेट सेवा प्रदायक संस्था (आइएसपी)ले  माग सम्बाेधन नभए सेवा बन्द गर्ने घाेषणा गरेको छ।   

नेपाल विद्यु....

आइएसपीको चेतावनी-देशभर टिभी र इन्टरनेट सेवा बन्द भए जिम्मा कुलमान घिसिङले लिनुपर्छ

काठमाडौं, वैशाख २७: इन्टरनेट सेवा प्रदायक संस्था (आइएसपी)ले  माग सम्बाेधन नभए सेवा बन्द गर्ने घाेषणा गरेको छ।   

नेपाल विद्युत प्राधिकरणले भाडा सम्झौता नगर्नेको तार काट्ने तयारी गरेपछि त्यसपछि हुने ब्ल्याक आउटको जिम्मा नलिने समेत संस्थाले चेतावनी दिएकाे छ।प्राधिकरणले ५ सय प्रतिशत भाउ बढाएकाे भन्दै सेवा प्रदायकहरु आन्दाेलित भएका छन्। 

प्राधिकरणले शुक्रबारदेखि नै तार काट्न सुरू गर्ने चेतावनी दिएपछि इन्टरनेट सेवा प्रदायक संस्था (आइएसपी)ले शुक्रबार पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम घाेषणा गरेको हो।  

"तार काटेपछि ब्ल्याक आउटको जिम्मा इन्टरनेट प्रदायक कम्पनीले लिने छैन। सेवा अवरुद्ध हुन्छ," आइएसपीका अध्यक्ष भाेजराज भट्टले भने। निजी क्षेत्रले ७० प्रतिशत इन्टरनेट सेवा ओगटेकाे उल्लेख गर्दै उनले बन्द गर्नुपर्ने अवस्था आएमा जिम्मा सरकार र प्राधिकरणले लिनुपर्ने बताए।

प्राधिकरणले एनसेल र नेपाल टेलिकमको व्यापारलाई हेरेर भाडा तय गरेको आरोप लगाउँदै भट्टले साना कम्पनीले पोलको भाडा तिर्नै नसक्ने बताए। टिभी र इन्टरनेट देशभर बन्द हुँदा यसको जिम्मा प्राधिकरणले लिनुपर्ने बताए। 

उनका अनुसार पाँच सयदेखि दुई हजार प्रतिशतसम्म भाडा बढेकाले साना कम्पनी सम्झौताका लागि नगएका हुन्।  अहिले प्राधिकरणले प्रतिकिलोमिटर तारको मोटाइ अनुसार एक हजार दुई सय, एक हजार ९ सय र दुई हजार सात सय रुपैयाँ तोकेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भाडा सम्झौता नगर्ने आइएसपीको तार काट्न निर्देशन दिइसकेका छन्। 

प्रकाशित मिति: १५:३३ बजे, शुक्रबार, वैशाख २७, २०७६