Kathmandu Press

कांग्रेस काठमाडौंले भोली ६ ठाउँबाट प्रदर्शन गर्ने

काठमाण्डौ मंसिर २८ : नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिले मंसिर २९ गते हुने भ्रस्टाचार, अन्याय, बेथिती र प्रतिगमनका बिरूध्दको प्रदर्शनमा राजधानीका मुख्य ६ क्षेत्रबाट...
कांग्रेस काठमाडौंले भोली ६ ठाउँबाट प्रदर्शन गर्ने

काठमाण्डौ मंसिर २८ : नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिले मंसिर २९ गते हुने भ्रस्टाचार, अन्याय, बेथिती र प्रतिगमनका बिरूध्दको प्रदर्शनमा राजधानीका मुख्य ६ क्षेत्रबाट प्रदर्शन सुरु गर्ने भएको छ । 

शनिबार बसेको काठमाडौं जिल्ला कार्यसमितिको बैठकले उपत्यकाको मृकुटीमण्डप, पुतलीसडक, लैनचौर, बसन्तपुर, शहिदगेट र त्रिचन्द्र कलेजमा जम्मा भएर विरोध प्रदर्शन सुरु गर्ने निर्णय गरेको हो। बैठकले सोमबार दिउसो १२ वजे उक्त स्थानमा भेलाई प्रदर्शनमा सहभागि हुन काठमाडौं जिल्लाका पार्टीका नेता तथा कार्यकर्ता, सुवचिन्तक, सर्वसाधरण लगायतलाई अनुरोध समेत गरेको छ।

‘काठमाडौं जिल्लाका पार्टीका नेता तथा कार्यकर्ता, क्रियाशिल सदस्यहरु, सुभचिन्तक, सर्वासाधरणलाई विभिन्न ६ ठाउँमा सहभागि हुन विषेश अनुरोध गरेका छौ’ जिल्ला सभापति सवुज (कृष्ण) बाँनियाले काठमाडौं प्रेससँग भने । 

प्रकाशित मिति: १८:२३ बजे, आइतबार, मंसिर २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्